प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रसंघका महासचिव गुटरेसलाई, यी विषयमा भयो छलफल..

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यालयमा महासचिव गुटेरेससंग भेटवार्ता गर्नुभएको हो।

भेटवार्तामा नेपालको शान्ति प्रक्रिया,नेपाली शान्ति सेनाको भूमिका, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा छलफल भएको जनाइएको छ।

Zen Travels - Cheap tickets to Nepal

गत शनिबार साँझ न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहाल हिजो त्यहाँ पुगेलगत्तै महासचिव गुटेरससंग भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहालले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राष्ट्रसंघीय राजनीति तथा शान्ति स्थापना मामिला सम्बन्धि उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि आगामी शुक्रबार न्युयोर्कबाट सीधै चीन भ्रमणमा जाने कार्यक्रम छ।