प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा, शान्ती प्रक्रिया टुँगोमा पुराउन र प्रवासी नेपालीका समस्या हल गर्न भ्रमण उपलब्धीमुलक हुने दाबी

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको अमेरिका र चिन भ्रमणले शान्ती प्रक्रियाका बाँकी काम टुँगोमा पुराउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरु सँग कुरा गर्दै भ्रमण, महासभा र साइड लाईन वार्ताबाट शान्ती प्रक्रियाका बाँकी काम टुँगोमा पुराउने बताउनु भएको हो।

नेपाल सरकारले शान्ती प्रक्रिया अन्तीम कन्लुजनमा पुराएको र यसको अन्तराष्ट्रिय जगतमा जानकारी गराउनै पर्ने भएकोले पुर्ण तयारीका साथ यसपटक महासभामा भाग लिन र भ्रमणका लागी न्युयोर्क आई पुगेको बताउनु भयो । त्यस्तै यसपटकको सरकारले राष्ट्र र जनताको पक्षमा शुसासन सामाजिक न्याय र समृद्धिको अभियान लिएर हिडेँको र त्यसमा पनि सुशासनको पक्षमा बढी जोड दिएको बताउनु भयो।

अहिले जनतामा आशाको सञ्चार बढेको छ, तर, एकथरी मानिसहरु अलिक बढी त्रसित भएर अतालिएका छन्, त्यस्ता व्यक्तीहरुले सोसल मिडियाबाट भए नभएका भ्रमहरु छर्ने षडयन्त्र पनि उत्तिकै गरिरहेक छन्, त्यसलाई चिर्न सरकार लागेको छ,

यसपटक आफ्नो सरकारले राम्राबाहेक नराम्रो काम नगर्ने उदेश्यका साथ अगाडी बढेको बताउनु भयो। सोहि अनुसार शुसासनमा भ्रष्टाचारीलाई कारबाही, सामाजिक न्यायमा मिटर व्याज देखी सामाजिक सुरक्षा कोषसम्मका कार्यक्रम र पासपोर्ट, लाईसेन्सको लामो लाईनको समस्या निराकरण गरेको बताउनु भयो। भने, बिकासको हकमा २५ वर्षदेखी थन्किएर बसेको पञ्चेस्वर परियोजना पोखरा आफै उपस्थित भएर सुरुवात गरको जनाउनु भयो।

भारत भ्रमणबाट १० हजार मेघावट विद्युत व्यापार देखी सिमा समस्या समाधानका पहल गरेको बताउनु भयो । अहिले पनि अमेरिका र चिन भ्रमणबाट कृषि क्षेत्रको विकासमा जोड दिने योजना रहेको र त्यस्ता अन्य विषयमा थुप्रै योजनाहरुमा सहमती र सम्झौता गर्ने योजनाहरु प्राथमिकतामा रहेको बताउनु भयो । त्यसैले कतै सुरु गरेको यो अभियान रोकिन्छ कि भन्ने आशंका नगर्न आग्रह गर्दै यस्ता अभियान थप नयाँनयाँ खुल्दै जाने बताउनु भयो ।

अप्ठ्यारोमा भएपनि यसपटक मेरा लागी राम्र काम गरेर रेकर्ड बनाउनुको विकल्पको छैन । तेत्रो क्रान्ती र बलिदान परिवर्तन कतै लावारिस हुन्छ कि भनेर अत्यन्तै चिन्तीत बनेको छु

राम्रो काम गर्दा पनि जस नमिल्ने समस्या कायम रहेकोले खास यथार्थ बस्तुस्थिीतीको गहिराईमा पुगेर अध्ययन गर्न पनि आग्रह गर्नुभयो ।आँफु सरकारमा आएपछी र पहिल्यै संविधान बनाउने बेलामा पनि गैर आवासिय नेपालीलाई नागरिकता दिने कुरामा सबैभन्दा बढी लडेको र अहिले आएर टुँगोमा पुराएको दाबी गर्नुभयो । यस्तै सामाजिक सुरक्षा कोषमा लाखौ नेपालिलाई समेट्ने प्रयास गरेको स्मरण गर्नुभयो । त्यस्तै अबको उदेश्य भनेको गैर आवासिय नेपालीलाई मतदानको अधिकार दिने रहेको र त्यसमा सरकार जोडबलले लागेको बताउनु भयो ।

त्यसका लागी अहिले निर्वाचन आयोगका प्रमुख अहिले विभिन्न देशमा घुमिरहेको र छिट्टै त्यसको निकासमा पुग्ने बताउनु भयो । त्यसका साथै गैर आवासिय नेपालीलाई विमा सहितका सुरक्षाका विषयमा थप योजनाहरु सुरु गर्न लागीएकोले यसको जोडबलले प्रचार गर्न पनि अमेरिकामा रहेका सबै गैर आवासिय नेपालिलाई अपिल गर्नुुभयो । उहाँले आफ्नै नेतृत्वको सरकार गैर आवासिय नेपालीका अन्य हरेक समस्या समाधानमा पनि प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्ड नेपालि प्रतिनिधी मण्डलको नेतृत्व गर्दै र राष्ट्र संघिय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो उहाँ अमेरिकाको भ्रमण सकेर उतैबाट चिन भ्रमणमा जानुहुने छ ।