काठमाडौं। गैर आवासिय नेपाली संघ (एनआरएनए)साउदी द्वारा श्रमिक अन्तरक्रिया तथा नवीकृत राहदानी वितरण सम्पन्न गरिएको छ। साउदि अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी बितरण गरिएको हो। सेवाग्राहीलाई सहज हुने गरी नविकरण भइ आएका ३६१ मध्ये ३०२ जनाको राहदानीहरू वितरणसँगै श्रमिकहरु बिच अन्तरक्रिया गरिएको थियो।
महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका नेपाली श्रमिकहरुले आफु रहेको नजिकैको स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए। साउदी अरबकै सबैभन्दा ठुलो नियोम परियोजना (Neom project)ले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च रहेको छ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको सहकार्यमा नवीकृत राहदानी वितरण गरिएको हो। सन २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण भइ वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आरसिसी अध्यक्ष नर बहादुर खतिवडाले जानकारी दिएका थिए ।