काठमाडौं। गैर आवासिय नेपाली संघ एनआरएनएका प्रवक्ता सोम सापकोटाले एनआरएनएको आगामी ११ औं महाधिवेशन एकताको महाधिवेशन नै हुने दाबी गरेका छन्। टिभिसण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्ताको क्रममा सापकोटाले यस्तो बताएका हुन्।
सापकोटाले एनआरएनएको १० औं महाधिवेशनपछी विवादित र फुटमा परिणत भएको संघलाई एक बनाउने प्रयासमा सबै गैर आवासिय नेपालीहरु सकारात्मक रहेको र एकता गर्नुपर्छ भन्नेमा रहेकोले एकताकै महाधिवेशन हुनेमा ढुक्क रहन आग्रह गरेका हुन्। यद्यपी केहि असन्तुष्टी भने कायम रहेको र त्यो पनि समाधान हुने चरणमै रहेको उनले बताए।
संघका पूर्व अध्यक्ष शेष घले संरक्षक रहेको एक समुह अझै असन्तुष्ट रहेको र छुट्टै महाधिवेशन गर्ने तयारी जुटेको प्रसंगमा सापकोटाले त्यो समुह पनि एनआरएनए एकताकै पक्षमा रहेको भन्दै छिटो वार्तामा आउन र विमती समाधानमा पहल चाल्न आग्रह गरेको जानकारी दिए।
आगामी अक्टोबरमा हुने ११ औ महाधिवेशनमा उपमहासचिव पदका उमेदवार समेत रहेका प्रवक्ता सापकोटाले १० औं महाधिबेशन पछाडीको यो चुनौतिपुर्ण कार्यकालमा पनि धेरै कामहरु भएका र अझै गैर आवासिय नेपालीहरुका समस्या समाधान र देशको उन्नतिका सवालमा गर्नुपर्ने थुप्रै कामहरु थाँति रहेको सुनाए। यो कार्यकालमा गैर आवासिय नेपालिलाई नागरिकता, सामाजिक सुरक्षा कोष र लगानिका क्षेत्रलगाएतका निकै महत्वपुर्ण काम गरेको उनको दाबी रहेको छ।
यस्तै उपमहासचिवका दाबेदार सापकोटाले आसन्न महाधिवेशनबाट एनआरएनए एक भएर अगाडी बढ्ने र अहिलेसम्म अधुरा तथा थाँति रहेका नेपाल र नेपालीको हितका कामलाई पुर्णता दिन सहज हुने उनको भनाई छ। त्यसकै लागी र एनआरएनए स्थापनाकालदेखी आँफु यो अभियानमा सक्रिय रहेकोले संघका समस्या र समाधानका बाटाहरु पहिल्याएकोले तिनै समस्या समाधान गर्न आँफुले उमेदवारी दिएको उनले बताए ।
प्रवत्ता सापकोटासँग पत्रकार पौडेलले गरेको अन्तर्वार्ता पुरा अंश टिभिसण्डे अनलाईन टेलिभिजनका सबै माध्यमहरु (युटुव, फेसबुक, अनलाईन)मा हेर्न, सुन्न र पढ्न सकिने गरि उपलब्ध छ ।