सुन तस्करी प्रकरण : सीआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

काठमाडौं। सुन प्रकरणबारे प्रहरीले आज अनुसन्धान प्रतिबेदन बुझाउने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो।

पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्यादका कारण सीआइबीले आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो।विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि पक्राउ परेकाहरुलाई हिरासतमा राखेको मंगलबार ५६ दिन पुगेको छ।

Zen Travels - Cheap tickets to Nepal

पक्राउ गरेको ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ। जसअनुसार यही भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। सो प्रकरणमा चिनियाँ,भारतीय र नेपाली गरी ३० जना प्रहरी हिरासतमा रहेका छन्। तर, विद्युतीय चुरोट (भेप) माफर्त ल्याइएको ९ किलो सुनको मुद्दा भने प्रहरीले छुट्टै लैजाने भएको छ ।