सुन प्रकरणः ६१ किलो सुनको बिल नक्कली रहेको खुलासा

काठमाडौं। अबैध रुपमा नेपाल भित्रिएको ६१ किलो सुनको बिल नै नक्कली रहेको पाइएको छ। राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको हो।

तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ विमानस्थल भन्सारले पुष्टि गरेको हो।भन्सार कार्यालयले हङकङ विमानस्थल भन्सारलाई पत्र लेखी अनुसन्धानमा सघाउन गरेको आग्रहमा हङकङ भन्सारले एअर वे बिल नै नक्कली भएको जनाएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेले जानकारी दिनुभयो।

Zen Travels - Cheap tickets to Nepal

सुन नेपाल ल्याउँदा ‘लिड विथआउट ब्याट्री’ लेखिएको र अन्य कागजातमा भने ‘ब्रेक सु’ लेखिएको महानिर्देशक पौडेलको भनाई छ । यस विषयमा पनि सीआइबीले थप अनुसन्धान गर्ने भएको छ।