नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ। सुक्खा पहिरो खसेपछी आज विहानदेखी सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। सडकखण्डको टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक बन्द भएको हो।

प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने तयारी गरिएको छ। सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारी साधन बाटोमै रोकिएका छन्।नारायणगढ– मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।