एनआरएनए सचिव न्यौपानेले दिए क्यान्सर पिडित वाईवालाई २ लाख सहयोग

काठमाडौँ,गैर आवासीय नेपाली संघ(एनआरएनए)का आईसिसि सचिव खगेन्द्र न्यौपानेले क्यान्सर रोगले पिडित मकवानपुरका बुद्दीमान वाईवालाई २ लाख आर्थिक सहयोग प्रदान गरेका छन्।

लामो समयदेखी क्यान्सर रोगबाट ग्रसित मकवानपुरको बागमती गाऊपालिका वडा नम्वर २ का वाईवालाई उपचारमा सहयोग पुगोस भन्ने हेतुले सचिव न्यौपानेले न्यौपानेले एटी सेक्युरिटी कम्पनी मलेसियाको तर्फवाट २ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

न्यौपाने एटी सेक्युरिटी कम्पनी मलेसियाका डाईरेक्टर हुन। वाईवा पनि ७ बर्ष एटी सेक्युरिटी कम्पनी मलेसियामै सेक्युरीटी गार्डमा कार्यरत रहेका थिए।

क्यान्सर पिडित वाइवाले आफुलाई सहयोग गरेकोमा न्यौपाने र एटी सेक्युरिटी कम्पनी मलेसियालाई धन्यवाद ब्यक्त गरे। उनले उक्त रकमले आफ्नो उपचारमा ठुलो सहयोग हुने बताए। उनको हाल नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।