जापानमा साझा फोरममार्फत नेपालीका समस्या सम्बोधन गरिने

काठमाडौं।जापानमा रहेका नेपालीहरुलाई आइपर्ने समस्या समाधान गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ। गैर आवासिय नेपाली संघ एनआरएनए जापानले सार्वजनिक गरेको विज्ञप्तीका अनुसार हाल विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न साझा फोरमको निर्माण गर्न लागिएको हो।

एनआरएनए एनसिसि जापानले टोकियोमा गरेको ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमले फोरम निर्माण गरेर नेपालीका समस्या समाधानमा केन्द्रित रहने निचोड निकालेको हो। आगामी एक हप्तामा साझा फोरमको निर्माण गर्नका लागि भुषण घिमिरे, तिलक मल्ल, डा बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र सालिकराम भण्डारी रहेको कार्यदल निमार्ण गरिएको छ।

Zen Travels - Cheap tickets to Nepal

उक्त कार्यदलले संयन्त्र गठनको खाका र कार्यविधि तय गर्ने साथै संयन्त्रका लागि नामावली सिफारिश गर्ने छ। जापानस्थित नेपाली समुदायको हितका लागि स्थापित भै क्रियाशिल रहेका सामाजिक संघ संस्था र नेपाली दूतावाससँग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्दा एकरूपता ल्याउदै समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी र दोहोरोपनामा कमि ल्याउनलाई सहज हुनेमा अन्तरक्रिया फलदायी रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताएका छन् ।

सोहि अबसरमा जापानका लागि नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिकाप्रसाद जोशीले राजदूतावासले समन्वकारी भूमिका निर्बाह गर्न तयार रहेको बताउदै व्यवस्थित ढंगले सहयोग आदानप्रदान गरिनुपर्नेमा जोड दिएका थिए। अन्तरक्रियाबाट १६ बुंदे साझा निष्कर्ष निकालिएको छ ।