ललिता निवास प्रकरण : आरोपी सबैलाई धरौटीमा छोड्न आदेश

काठमाडौं। बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको अभियोगमा पक्राउ परेकाहरुलाई अदालतले धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको छ। आज आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न आदेश दिएको हो।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो। तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो। अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ।

Zen Travels - Cheap tickets to Nepal

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चारजना पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य र ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो।

उनीहरुबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।