एनआरएनए उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष साहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन। अमेरिकामा रहेका साहले आफ्नो जन्मदिनको अवसर पारेर उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

अमेरिकामा रहेर विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय साह एनसीसी अमेरिकाको पुर्व अध्यक्ष र बर्तमान आईसिसि कोषाध्यक्षसमेत रहेर जिम्मेवारी निर्वाह गरिरहेका छन्।

Zen Travels - Cheap tickets to Nepal

साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागी प्रयोग गर्ने बताएका छन।

यस्तै साहले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले अहिलेसरम्म आफूले बटुलेको अनुभव र सिपलाई एनआरएनए अभियानमा प्रयोग गर्न केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएको र संघलाई अर्को उचाइमा पुर्‍याउने उद्देश्य राखेको बताएका छन।

यस्तो छ साहले जारी गरेको बिज्ञप्ती:
गैर आवासीय नेपाली संघ(एनआरएनए)को अभियानमा निरन्तर सहभागी भई गैर आवासीय नेपालीको आवश्यकताको मुद्दालाई सम्बोधन गराउने यो अभियानलाई सधैं साथ, सहयोग, समर्थन गर्दै आउनु भएका विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता,एनआरएनए कर्मी तथा तमाम एनआरएनहरू सँगको सर-सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनुरोध गर्दछु, सधैं झै यहाँहरूबाट साथ रहनेछ भन्नेमा विश्वस्त रहेको छु।

हामी एनआरएनए स्थापनादेखि उठाउँदैं आएको माग र लिएको लक्षित गन्तव्य नजिक छौं,यस महा-अभियानलाई हामी थप उर्जाका साथ टुङ्गोमा पुर्याउनेछौं। नेपाली नागरिकताको निरन्तरता नैं हाम्रो प्रमुख माग हो।एनआरएनए महा-अभियानमा राष्ट्रिय समन्वय परिषद,अमेरिकाको अध्यक्ष देखि अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष रहँदैं हजुरहरुसँगै रहेको छु,उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय सहीत यात्रा निरन्तर रहेको जानकारी गराउदछु।

तपाईहरूकैं,
सुनील साह,कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद