काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)अध्यक्ष रबिना थापाले पुन उम्मेदवारी घोषणा गरेकी छन। आसन्न ११ औँ महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले आगामी कार्यकालका लागी पनि पुनः उम्मेदवारी घोषणा गरेकि हुन्। पछिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष बनेकी थापाले अक्टोबरमा हुन लागेको महाधिवेशनमा २ वर्षे पूरा कार्यकालका लागि उम्मेदवारी दिएकी हुन्।
उनले एक पटकको नेपाली सधैँको नेपाली अभियानलाई अझ सशक्त बनाउन र आफ्नो छोटो कार्यकालमा सुरु गरेका योजनाहरू पूरा गर्नका लागि अध्यक्षमा आउन चाहेको जनाउदै आफ्ना थप कार्ययोजना र प्रतिबद्धतासहित केही दिनमै औपचारीक उम्मेदवारी घोषणा सार्वजनिक गर्ने जानकारी दिएकी छन्।
एनआरएनएमा अहिले तीन जना अध्यक्ष छन। १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा थापा पनि अध्यक्ष बनेकी थिइन। सुरुमा कुल आचार्य कार्यकारी अध्यक्ष भएका थिए भने त्यसपछि रविनाले नेतृत्व लिएकी थिइन भने हाल बद्री केसी कार्यकारी अध्यक्ष बनेका छन।
अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले आफूलाई बिश्वमा रहेका गैर आवासीय नेपालीहरुको ठुलो समर्थन मिलेको जनाऊदै सँस्थालाई राजनितीभन्दा माथी उठाएर अगाडी बढ्नुपर्ने बताईन।संघको स्थापनाकालदेखि सक्रिय थापाले संघको विभिन्न निकायमा रहेर काम गरिसकेकी छन भने यसअघिको कार्यकालमा निर्वाचित उपाध्यक्ष बनेर काम गरिसकेकी छन्।
थापाले हालका उम्मेदवारहरुमध्य आफु अग्र स्थानमा रहेको जनाउदै आफुलाई समर्थन गर्न विश्वमा रहेका सबै गैर आवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह पनि गरेकी छन् ।