काठमाडौं। अमेरिकाको न्यु योर्क मा सम्पन्न सम्पन मैत्रीपूर्ण फुटबलको उपाधी एनभिएफटिले जितेको छ। शनिवार सम्पन्न खेलमा एनभिएफटिले लिन्स लि किंग्सलाई ८/७ गोलले पराजित गरेको हो। न्युयोर्कको आइल्याण्डमा सम्पन्न प्रतियोगितामा एनभिएफटिले ट्रफि हात पारेको हो। तिन गोल गरेका गणेश गुरुङ ८८ मिनेटमा चुक्दा लामाले ४ गोल गर्दै बेस्ट स्कोर आफ्नो बनाउन सफल भएका थिए। खेलमा प्रविन छेत्री, विश्व मैनालीले समान २–२ गोल गरेका थिए भने महित छेत्री,प्रभाकर पाण्डे, सम्बत भण्डारी समान १–१ गोल गरेका थिए।
पहिलो हाफमा एनभिएफटिलाई १ का बिरुद्ध ४ गोल गर्दै अगाडी भएको लिन्स लि किंग्सलाई दोश्रो हाफको ८८ मिनेटसम्ममा ७–७ गोल गरि बराबरीमा भएको खेल ८९ मिनेटमा एनभिएफटिका लक्ष्मी पौडेलले पेनाल्टी गोल गरेका थिए। त्यस्तै अन्तीममा ३० सेकेन्ड बाकी रहदा लि किंग्स्ले पाएको पेनाल्टी किक लाई एनभिएफटिका गोल किपर टाशी धुन्दुप ले बचाउन सफल भए। त्यसको समय समाप्तको सिट्टीका साथ एनभिएफटिको प्रथम ट्रफीका साथ निर्णायक गोल गर्ने लक्ष्मी पौडेल बेस्ट प्लेयर अफ दि म्याच हुन सफल बनिन।
लि किंग्स्का गोल किपर निरज सापकोटाले बचाएको गोल र उनको डाइपिंग बाट दर्शकहरु ले धेरै मनोरन्जन लिएको देखिन्थियो। खेलको समाप्तपछि औपचारिक कार्यक्रम समाजका युवा संयोजक बिशाल रेग्मीको संचालनमा खेलाडी र स्यम्सेबकहरुलाई प्रमाणपत्र, मेडल वितरण गरिएको थियो।
प्रतियोगितामा लंग आइल्याण्ड नेपाली समाजका अध्क्षय बसन्त चापागाई र प्रमुख अतिथि नेपाल महिला रास्ट्रिय खेलाडी लक्ष्मी पौडेल खेल कार्यक्रम संयोजक टिकाराज ढकाल र योग राज पौडेल लगाएतको सहभागिता थियो।
बिजेताहरुलाई जनसम्पर्क समिति अमेरिकाका महासचिब मुनिन्द्र नेम्बाङ्ग, नब निर्बाचित एनआरएनए आइसिसि सदस्य दुर्गेश जंग कार्की, र जनसम्पर्क समिति लंग आइल्याण्ड च्याप्टर का सभापति विश्व बास्तोलाले प्रत्यक्ष रुपमा तथा बिभिन्न मध्यमबाट समाजका सल्लाकार बेद खरेल, महेश खड्का, कल्पना थापा, समाजका महासचिब बाबुराम शर्मालगाएतले धन्यवाद तथा बिजेतालाई बधाई दिनु भएको थियो।
खेलका रेफ्री शिवराज फागु, लाइन्स मेनहरु डा.प्रनब दाहाल, डा.हरि दाहाल, सुमन बास्तोला र मोहन छेत्री रहेका थिए अन्त्यमा समाजका अध्क्षय बसन्त चापागाईले कार्यक्रम सफलताको लागी सहयोगी र सम्पूर्ण खेलाडीहरुलाई बदाई दिदै कार्यक्रम समापन गरेका थिए।