काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसि)मा अध्यक्ष पदका उमेदवार राजेन्द्र कुमार(आरके)शर्माले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थन रहेको दाबी गरेका छन्।
शर्माले एनआरएनए सस्थालाई सबल नेतृत्व दिन र गैर आवासिय नेपालीका समया समाधान गर्न आफु सक्षम रहेको दाबी गर्दै गैरआवासिय नेपालीहरुको अनपेक्षित समर्थनले पनि आफुलाई पछि हट्ने छुट नभएको बताएका छन्।
यी सबैकारणले आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएकोले यो विश्वास गुम्न नदिन पनि आँफु अब कुनै हालतमा पछाडी नहट्ने बताए।आईसिसि सदस्य, मध्यपुर्व संयोजक,सचिव,उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेका शर्माले जित सुनिश्चीत रहेको पनि बताएका छन्।
विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने भन्दै शर्माले भने,‘म कुनैपनि हालतमा ब्याक हुँदिन। म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो।मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ, विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न। शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए।
आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको पनि समर्थन रहेको शर्माले बताए।मेरा एजेण्डामा विश्वास छ। त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न नसक्ने उनको भनाइ छ।
अहिले उपाध्यक्षको जिम्मेवारीमा निर्वाह गर्दै आगामी कार्यकालमा अध्यक्ष पदका आकाँक्षी शर्मा कतार र नेपालमा व्यवसाय सञ्चालन गरिरहेका छन्। उनी सफल ब्यावसायी र समाजसेवी पनि हुन। उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन। हाल मध्यपुर्व,मलेसिया,कोरिया,युरोपमा कार्यरत ३० लाखभन्दा बढी श्रमिकहरु र लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाएका छन।