जेड खानी पहिरोमा बेपत्तामध्ये १९ जनाको शव फेला

FILE PHOTO: Rescue operation takes place after a landslide at a jade mine in the Hpakant area of Kachin State, Myanmar December 22, 2021. Myanmar Fire Services Department/Handout via REUTERS

काठमाडौै। म्यानमारको बहुमूल्य रत्न‘जेड’ खानीमा पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ। उत्तरी काचिन राज्यमा रहेको उक्त खानिमा परि बेपत्ता रहेका ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् ।

त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका हान विन ह्लिङलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

स्थानीय समयअनुसार आइतवार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा धेरै मानिस बेपत्ता भएका थिए।उक्त प्रान्तमा विश्वकै सबैभन्दा ठूला जेड खानीहरू छन्। म्यान्मारको जेड खानीबाट वार्षिक ३० अर्ब डलरभन्दा धेरैको बहुमूल्य रत्न उत्पादन हुन्छ।

त्यहाँ मानिसहरू ज्यान जोखिममा पारेर काम गर्न बाध्य छन्। खानीमा विगतमा पनि ठूला दुर्घटना भएका छन् ।सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण एउटा ताल फुट्दा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।