गोर्खाली समाज न्यूयोर्कको पाँचौ अधिवेशनले ओम विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । आइतबार न्यूयोर्कमा सम्पन्न समाजको भेलाले संस्थामा लामो समयदेखी सक्रिय समाजिक अभियन्ता विश्वकर्मालाइ आगामी २ बर्षको लागी सर्वसम्मत अध्यक्ष चुनेको हो ।
भेलाले उपाध्यक्षमा कृष्ण भट्ट, महासचिव प्रतिमा खड्का, सचिव प्रदिप लामिछाने, कोषाध्यक्ष चन्द्रा घले र सहकोषाध्यक्षमा नर्वु लामालाइ चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा निर्मला पाण्डे, मेनुका भट्ट, सुस्मिता श्रेष्ठ, चुडामणि सापकोटा, सोबित भण्डारि, बिक्रम घले, प्रेम लामा, संदेश सेन्चुरी, राम श्रेष्ठ, किसम विश्वकर्मा, राजन न्यौपाने र चन्द्र गुरुंग चयन भएका छन् । भव्य वनभोज तथा संगितिक रमझममाझ सम्पन्न भेलाले सल्लाहकारहरु पनि चयन गरेको छ जसमा, अन्जन श्रेष्ठ, तपनारायण श्रेष्ठ, डा. विष्णुमाया परियार, खाम भट्ट, बिकास पाण्डे, गुण भट्टराइ, डण्डपानि लामिछाने र यदु देबकोटा रहेका छन् ।
गोर्खा जिल्लाबाट अमेरिका आइ न्यूयोर्क आसपास बसोबास गरिरहेका नेपालीहरुको एकता र भाइचार अभिवृदि गर्दे मातृभूमीको हितमा यथाशक्य योगदान दिन उदेश्यले पांच बर्ष अघि यो संस्था स्थापना गरिएको थियो ।
समाजले गोर्खा र अन्य जिल्लाका विभिन्न संस्थाहरुसंग हातेमालो गर्दै शिक्षा, स्वास्थ्य लगागतका कयौं मानविय कार्यहरुमा आर्थीक सहयोग गर्दै आइरहेको छ । “मातृभूमीको लागी केही गरौं भन्ने भावनाले प्रेरित भएर संस्था निर्माण गरेका हौं,” पुर्व अध्यक्ष खाम भट्टले भने । नवनियुक्त अध्यक्ष विश्वकर्माले साथिहरुले बिश्वास गरि सुम्पिएको जिम्मेवारि इमान्दारपुर्वक बहन गर्ने बताए । “पुराना कामको निरन्तरता र केही नयाँ योजना सहित आएको छु, सबैको साथ पाउनेमा ढुक्क छु,” उनले भने । समाजले नेपाली कलासंस्कृतिको प्रवर्धनमा विभिन्न संस्कृतिक कार्यक्रम समेत गर्दै आएको छ ।