जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए एनसिसि)जापानका नवर्निवाचित अध्यक्ष नविन निउरेले आभारसहितको प्रतिबद्धता सार्वजनिक गरेका छन्। एघारौ महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष निउरेले सामाजिक सञ्जालमार्फत आँफुले जारी गरेको आभारसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सुचनामा निउरेले एघारौ महाधिवेशनबाट अमुल्य मत प्रदान गरी आशा,विश्वास माया ममतासहित आफ्नो नेतृत्वमा सम्पूर्ण कार्यसमिति तथा पदाधिकारी र सदस्य पदमा निर्वाचित गराउने सम्पुर्ण सुभेच्छुकलाई धन्यबाद ज्ञापन गरेका छन्। यस्तै निउरेले निर्वाचनमा आँफुुँग प्रतिष्पर्धा गरि उपविजेता बनेका सहकर्मीहरुले उठान गरेका मुद्दाहरु समाधानमा सँगै साथमै लिएर समाधान गर्ने र एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै यो कार्यसमिति अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले जापानस्थित नेपाली राजदूतावास देखी अन्य सक्रिय संघ संस्थालगायतका सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित संस्थाको मूल्य मान्यता विधि विधानलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गरेका छन्।
यस्तो छ निउरेले सार्वजनिक गरेको आभारसहित प्रतिबद्धता:
हार्दिक आभारसहित प्रतिबद्धता !
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको एघारौ महाधिवेशनबाट अमुल्य मत प्रदान गरी आशा,विश्वास माया ममतासहित मुख्य नेतृत्वका लागि अध्यक्ष सहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सदस्य पदमा निर्वाचित गराउनु हुने सम्पुर्ण आदरणीय पञ्जीकृत सदस्य ज्यूहरू, समन्वयकारी भूमिका निर्वाह गरिदिनु हुने अग्रजहरु,अभियान्ताहरु तथा जापानबासी दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
नेतृत्व चयनको लोकतान्त्रिक पद्धतिमा सहभागी भएर प्रतिस्पर्धा गर्ने सम्पूर्ण सहकर्मी उम्मेदवार एवं निर्वाचनका दौरानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग सहित शुभेच्छा व्यक्त गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भै उप विजेता र यस कार्यकालको लागि मात्र कार्यसमितिको टिम बाहिर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विषेश धन्यवाद व्यक्त गर्दै यहाँहरूले उठान गर्नु भएका एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई संगसंगै समेटेर सहकार्य गर्दै यो कार्यसमिति अघि बढ्ने छ।
जापान स्थित नेपाली राजदूतावास,महामहिम ज्यू, जापानमा रहेका सक्रिय संघ संस्था, समाज,व्यक्ति, व्यक्तित्व सरोकारवाला निकायहरूसंग आवश्यक समन्वय र सहकार्यमा आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाको मूल्य मान्यता विधि विधानलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गर्दछु।
एनआरएनएको पञ्जीकृत सदस्यता बनाउने अभियानदेखि निर्वाचन सम्पन्न गराई पदभार ग्रहणसम्ममा हरेक कोणबाट सहयोग र सत्भाव पुर्याउनु हुने तपाईहरू सम्पूर्णमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दै निवर्तमान कार्यसमितिका अध्यक्षसहित सम्पूर्ण टिममा विषेश आभार प्रकट गर्दछु।
धन्यवाद सहित।
भवदीय
नविन निउरे
अध्यक्ष,एनआरएनए जापान