काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद इटलीको आगामी कार्यकालका लागी नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित भएको छ। निर्वाचन समितीले दिएको जानकारी अनुसार नवनिर्वाचित अध्यक्षमा भवेश कुमार सिंह सर्वसम्मत भएका छन्।
समितिका अनुसार कार्यसमितीका लागि उम्मेद्बारी आव्हान गरिए बमोजिम उम्मेदवारी मनोनयन पत्र दर्ता, उम्मेदवारी मनोनयन पत्र माथि दाबी बिरोध र उम्मेदवारी फिर्ता लिने अबधिमा कुनै दावि र उजुरी नपरेपछी नयाँ कार्यसमिति सर्वसम्मत भएको हो।
निर्वाचन समितिले पनि अन्तिम सुचना प्रकाशित गर्दै सबै नवनिर्वाचित पदाधिकारीहरु सार्वजनिक गरेको छ। सुचनामा तोकीएको समयभित्र उम्मेद्बारीको प्रारम्भिक नामावली उपर कुनै पनि दाबी बिरोधको उजुरी दर्ता नभएकोले र आह्वान गरिएको कुनै पनि पदमा एक जना भन्दा बढीको उम्मेदवारी नपरेकोले उम्मेदवारी दिएका उम्मेदवारहरु सर्वसम्मत भएका उल्लेख छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा सिंहसहित सर्वसम्मत भएका पदाधिकारी यसप्रकार छन् ।
१. आइ सी सी सदस्य: छबिलाल कंडेल
२. अध्यक्ष: भवेश कुमार सिंह
३. उपाध्यक्ष: केशव गुरुङ
४. उपाध्यक्ष: देवानन्द बराल
५. महासचिव: अशोक उप्रेती
६. सचिव: गोपाल मान श्रेष्ठ
७. सह-सचिव: जीत बन्जारा
८. कोषाध्यक्ष: दिर्घा थापा
९. सह-कोषाध्यक्ष: बिना मंग्राती
१०. युवा संयोजक: हरि श्रेष्ठ
११. महिला संयोजक: शिवा पाठक
१२. सदस्य: दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की




