मैले पार्टी फुटाउँछु भनेर भनेकै छैन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ ।सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताउनु भयो। उहाँले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने बताउनु भयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले आफू ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदीय दलको नेता बनोस् भनेर आह्वान गर्ने अपेक्षा राखेको पनि बताउनुभयो। महामन्त्री थापाले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताउनुभयो ।

महामन्त्री थापाले वर्तमान सत्ता गठवन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताउनुभयो। उहाँले अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौति रहेको उल्लेख गर्नुभयो।