काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ।
शनिबार दिउँसो भएको वार्तामा गत महिना भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टेलिफोन संवादमा सहमतिहरुको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले उत्तराखण्डमा गत शुक्रबार गएको पहिरोमा परी नेपालीहरुको मृत्यु भएकोप्रति दुख ब्यक्त गर्नुभएको छ ।
साथै उहाँले उनीहरुको खोजीमा कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएको छ ।