आज साउन १५ राष्ट्रिय खिर दिवस

काठमाडौं। आज साउन १५ गते।यो दिन नेपाली समाजमा खीर खाने दिनका रुपमा परिचित छ।राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ।

खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो। नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।

वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ। चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ।