काठमाडौं। कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने गोदावरी नगरपालिका–३ को चौकीडाँडामा आइतबार साँझ ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल पछाडि बसेका अर्का जवान हेमराज ताउडाको अवस्था गम्भीर रहेको छ ।
उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् ।