एनसीसी कतारका नवनिर्वाचित पदाधिकारीहरूले लिए शपथ

कतार। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको नवौं राष्ट्रिय महाधिवेशन २०२१–०२३ सम्पन्न भएको छ। एनआरएनए आइसीसीका उपाध्यक्ष राजेन्द्र कुमार(आरके)शर्माको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा महाधिवेशन सम्पन्न भएको हो।

त्यसअघि शुक्रबार राति सम्पन्न निर्वाचनसँगै मत परिणाम पनि सार्वजनिक भएको छ। कार्यसमिति छनोट समितिले सार्वजनिक गरेको नतिजा अनुसार २०२३÷२५ कार्यकालका लागि रमेश भट्ट अध्यक्ष पदमा निर्वाचित भएका छन्। जम्मा ४२ पद रहने एनसीसीमा युवा संयोजक मेहत सिङ तामाङ (टोकल) र महिला संयोजक सुष्मा खतिवडा कटुवाल निर्विरोध निर्वाचित भएका थिए भने ४० पदमा ७५ जना चुनावी मैदानमा रहेका थिए।

नवनिर्वाचित आइसीसी सदस्यहरूमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल,प्रेम बहादुर चलाउने, दिपजंग शाह, दुर्गा प्याकुरेल र विक्रम कार्की रहेका छन।निर्वाचनबाट प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव कार्की, तृतीय उपाध्यक्षमा सन्दीप भट्टराई, महिला उपाध्यक्षमा नानु घले ब्लोन, युवा उपाध्यक्षमा सुवास बहादुर थापा, महासचिवमा रबिन मगर, सचिवहरूमा ओम बहादुर क्षेत्री (सन्तोष), सुरज शर्मा अधिकारी र रोशन अर्याल, कोषाध्यक्षमा बुद्ध पाण्डेय र सह–कोषाध्यक्षमा झबिन्द्र आचार्य निर्वाचित भएका छन।

अधिवेसनबाट कार्यसमितिका सदस्यहरूमा विष्णु सापकोटा, विनोद राना मगर, इनुस मोमिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर मो. कौसर रब्बानी, रमेश के सी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार ल्हो, सुदिप पाठक र श्याम प्रसाद पौडेल निर्वाचित भएका छन। त्यस्तै लेखा समिति संयोजकमा कवीन्द्र कँडेल र सदस्यद्वयमा गिरिराज दुवाडी र विकास लामा निर्वाचित भएका छन।

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मात्र मतदान गरेका थिए ।