ललिता निवास प्रकरणः पक्राउ परेकामाथि सङ्गठित अपराधमा पनि अनुसन्धान सुरु

काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूमाथि नेपाल प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ।

सरकारी कागजात लिखत किर्ते गरेर एक सय ३४ रोपनी जग्गा हडपेको भन्दै नौ जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको कसुरमा म्याद थपेको हो। उनीहरूलाई सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले सात दिनको म्याद दिएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की,तत्कालीन वडा सचिव शिवजी भण्डारी,नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका नौ जनालाई म्याद थपको आदेश प्राप्त भएको प्रहरीले जनाएको छ ।