‘एनआरएनएमा यी समस्या समाधान गर्नुछ’:डा.गंगाधर आचार्य,बोर्ड सदस्य उमेदवार

काठमाडौं। गैरआवासिय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागी हुने निर्वाचनको मिति जिकिएसँगै चुनावी गतिविधीहरु पनि बढ्दै गएका छन्। यससँगसँगै विभिन्न पदका आकांक्षिहरुले आफ्नो उमेदवारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ। यसैक्रममा अमेरिकाबाट प्रोफेसर डा.गंगाधर आचार्यले एनआरएनए बोर्ड सदस्यको लागी उमेदवारी दिएका छन्।

अमेरिकाको न्यू मेक्सिको निवासि आचार्यले एनआरएनएमा व्यापक सुधारको आवश्यकता रहेकोले त्यसको पहलका लागी भन्दै आफुले उमेदवारी दिएको बताएका छन्। टिभिसण्डे अनलाइन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्ताको क्रममा एनआरएनएमा विगतदेखि नै राजनीतिले जरा गाडेको र त्यो समस्या अहिले पनि कायम रहेकोले त्यस्को अन्त्य गर्नुपर्ने आवश्यकता आफुले महसुस गरेर उमेदवारी दिएको बताएका हुन्।

एनआरएनए न्यू मेक्सिको च्याप्टर प्रेसिडेन्ट(अध्यक्ष)समेत रहेका डा.आचार्यले फरक प्रसङ्गमा एनआरएनए धनाड्यहरुको संस्था हो भन्ने गलत नजिर स्थापित भएकोले त्यो गलत नजिर हटाउन आवश्यक रहेको पनि बताए। उनले विभिन्न माध्यमबाट कानुनि तथा गैरकानुनि रुपमा नेपालीहरु अमेरिकामा पुग्ने गरेको र आफुँ पनि पछिल्लो ६/७ वर्षदेखी एनआरएनएका विभिन्न तहबाट सेवा गर्ने अबसर पाएकोले गैर आवासिय नेपालीका समस्यासँग जानकार रहेको बताए।

त्यो अबसरमा सबै नेपालीहरुका समस्या फरकफरक रहेकोले त्यसको समाधानका लागी पनि छुट्टाछुट्टै पहलकदमी चाल्नुपर्ने अबस्था महसुस गरेको बताएका छन्। प्रोफेसर डा.आचार्यले पत्रकार पौडेलसँगको गरेको कुराकानी टिभिसण्डे अनलाईन टेलिभिजनका सम्पुर्ण सामाजिक सञ्जालहरुमा हेर्न, पढ्न, र सुन्न सकिने गरि उपलब्ध छन्।