क्यानडाको क्यालगरीमा नेपाली मेला हुँदै, नेपाली परम्परा र सँस्कृतीको प्रवद्र्धन हुने अध्यक्ष अर्यालको विश्वास

काठमाडौं। क्यानडाको क्यालगरीमा नेपाली मेला हुने भएको छ। नेप्लीज कम्युनिटी सोसाईटी अफ क्यालगरी र क्यालगरीमा बसोबास गरेका नेपालीहरुका विभिन्न संघसस्थाहरुको सहकार्यमा मेला आयोजना गरिएको हो। आगामी जुलाई २२ मा क्यालगरी जाऔं, नेपाली मेला मनाऔं भन्ने नारासहित नेपाली पहिचान र सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मेला आयोजना गरिएको सोसाइटीका अध्यक्ष श्रीकान्त अर्यालले जानकारी दिएका छन्।

टिभिसण्डे अनलाइन टेलिभिजनमा पत्रकार तिलक पौडसँगको अन्तरवार्तामा अध्यक्ष अर्यालले मेलामा नेपाली सँस्कति र भेषभुषा झल्किने प्रस्तृति तथा पञ्चेवाजासहितका झाँकिसँगसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने जानकारी दिएका छन्।

कलाकारहरुमा चर्चित लोकदोहोहरी गाएक तथा मोडल प्रकाश सपुत लगाएतका कलाकारहरुको उपस्थिति रहने छ। नेपाली मेलालाई मध्यनजर र प्रचार गर्दै नेपाली राजदुतावासले पनि प्रचारप्रसार स्वरुप घुम्ती सेवा सञ्चालन गरेको छ।

मेलामा क्यानडा र क्यालगरीको आसपासबाट मात्रै नभै छिमेकी देश अमेरिकालगाएतका देशहरुबाट नेपालीहरुको उपस्थिती रहने तथा स्थानिय अन्य जातजाती भाषभाषी र समुदायको पनि सहभागिता रहने आयोजकले विश्वास लिएको अध्यक्ष अर्यालले बताएका छन्।

क्यानडाको क्यालगरीमा मात्रै १० हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको छ। अध्यक्ष अर्यालले पत्रकार पौडेलसँग गरेको कुराकानी टिभिसण्डे अनलाईन टेलिभिजनका सम्पुर्ण सामाजिक सञ्जालमा उपलब्ध छन्।