शिवशिखर सहकारीका पूर्वअध्यक्ष शर्मा भारतबाट पक्राउ, १४ अर्ब बढी ठगीको आरोप

काठमाडौं। भक्तपुरस्थित शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतको मुम्बइमा पक्राउ गरी नेपाल ल्याएको छ।

शर्मामाथि सहकारीमा रहेको सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ। मुम्बईस्थित एक प्रान्तीय सांसदको घरमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेको सीआईबी स्रोतले बताएको छ।

भक्तपुरमा शिवशिखर सहकारी सञ्चालन गर्दै आएका शर्माले नै मोरङमा तुलसी सहकारी संस्था खोलेका थिए। सहकारीमा राखेको बचत फिर्ता नपाएपछि सर्वसाधारणले प्रहरीमा उजुरी दिएका थिए ।मोरङस्थित तुलसी सहकारीमा निक्षेप हिनामिना भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।