कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु, यसरी पुरा हुनसक्छ : शशांक कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् । पार्टी सभापतिसँग भने यसबारे कुनै छलफल नभएको उनले बताए ।

आज संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए।नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे ।

उनले भने, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन।’