कसले गर्यो प्रकाश सपुतमाथी स्टेजमै बोतल प्रहार ?

काठमाडौं। कार्यक्रमका लागि रोमानियामा रहेका लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि कार्यक्रम चलिरहदा स्टेजमै बियरको बोतल प्रहार भएको छ ।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो। कार्यक्रममा उपस्थित एक दर्शकले खिचेको बोतल प्रहार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए। हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको बताइएको छ।

सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको छ । बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको थियो ।