ओखलढुङ्गाको चम्पादेवीमा पहिरो, एकै घरका तीन जनाको मृत्यु, एक जना बेपत्ता

cf]vn9'ªufsf] ljnGb'df klx/f]n] k'¥ofPsf] Iflt cf]vn9'ªufsf] rDkfb]jL ufpFkflnsf–( ljnGb'df laxLaf/ /flt uPsf] klx/f]n] k'¥ofPsf] Iflt . klx/f]n] 3/ k'l/Fbf Ps} 3/sf tLg hgfsf] d[To' ePsf] 5 eg] pQm 36gf k/L Ps hgf a]kQf ePsf 5g . tl:a/ M k"0f{k|;fb Gof}kfg]÷/f;;

काठमाडौं। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् ।

गए राति ११ बजे पहिरो गएको थियो । वडा नम्बर–८ का अध्यक्ष खड्गबहादुर बरालका अनुसार ज्यान गुमाउनेमा ३८ वर्षीय रणबहादुर गुरुङ, उहाँकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाकी छोरी कविता गुरुङ रहेका छन् । छोरा १० वर्षका दिनेश पहिरोमा बेपत्ता रहेका र अहिले खोजी भइरहेको वडाध्यक्ष बरालले बताउनुभएको छ ।

पहिरोले चार वटा घर पूर्णरूपमा र अरू केही घर आशिंक क्षति भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।