चीनमा ग्यास विस्फोट हुँदा ३१ जनाको ज्यान गयो

काठमाडौं। चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ।गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।

विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ। शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिनुभएको छ । चीनमा ग्यास र केमिकल विस्फोटका घटना हुँदै आएका छन् ।