एनआरएनएलाई गुटरहित बनाउन मेरो उमेदवारीः उमेदवार,एनआरएनए आइसीसी

काठमाडौं।गैर आवासिय नेपाली संघ अमेरिका(एनआरएनए युएसए,आइसीसी)मा आगामी कार्यकालका लागी सदस्य पदका उमेदवार टंक राज रेग्मीले एनआरएनए लाई गुट रहित बनाउन आफुले उमेदवारी दिएको बताएका छन्।

टिभि सण्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा उनले स्वतन्त्र रहनुपर्ने निकाय गैरआवासिय नेपाली संघ एनआरएनए राजनितिले ग्रसित बनेको भन्दै यसलाई राजनितिमुक्त बनाउनुपर्ने बताएका हुन्। गत निर्वाचनमा उपाध्यक्ष पदमा उमेदवारी दिएर पराजय व्यहोरेका रेग्मी यसपटक सदस्य पदमा उमेदवारी दिएका छन्।

उनले आगामी कार्यकालमा आफु निर्वाचित भएपछी गैह्र आवासीय नेपालीहरुले भोग्नु परेको समस्या निराकरण गर्नु नै पहिलो प्राथमिकता हुने बताएका छन्। रेग्मीले पत्रकार पौडेलसँग गरेको कुराकानी टिभिसण्डेका सम्पुर्ण सामाजिक सञ्जालमा हेर्न,पढ्न र सुन्न सकिने गरि उपलब्ध छ।