अमेरिकामा समता स्कूलको चन्दा प्रकरण, रकम हिनामिना भएको छैन, डाव फन्डमा लगानी गरिएको छ: गोपेन्द्र भट्टराई

काठमाडौं। अमेरिकामा समता स्कुलको चन्दा प्रकरणले उब्जिएको तरङ्ग झन् बल्झिदैँ गएको छ। ग्लोबल समता सिनेट अमेरिकाका पदाधिकारीहरुबिचमै यसले विद्रोह ल्याएको छ। अध्यक्ष उत्तम गौलिसहितका केहि पदाधिकारीले रकम अमेरिकामै व्यवसायमा लगानी गरि मुनाफा नेपालमा समता स्कूललाइ पठाउने बताएका थिए भने अरु पदाधिकारी छिटोभन्दा छिटो रकम नेपाल पठाउनुपर्ने आवाज उठाएका छन्।

समता ग्लोबल सिनेट सदस्य गोपेन्द्र भट्टराईले भने रकम यथाशिध्र नेपाल पठाइने बताएका छन् । शुक्रबार  टिभिसण्डेमा पत्रकार तिलक पौडेलसँगको अन्तरवार्तामा भट्टराईले कार्यक्रमबाट संकलित रकम डाव फन्डमा लगानि गरेकोले सुरक्षित रहेको जवाफ दिएका छन्।

‘समता स्कुलका विद्यार्थीको नांगो शरिर र महजोडि तथा उत्तम सञ्जेललाई देखाएर चन्दा उठाउने रकम व्यवसायमा लगानी गर्न मिल्छ?’ भन्ने पौडेलको प्रश्नमा ‘सुरुवाति आन्तरिक सल्लाह अनुसार अगाडी बढेको तर आम चन्दा दातालाई ‘चन्दा उठाउ, रकम अमेरिकामा राखेर मुनाफा नेपाल पठाउँ’ भन्ने कुरा शुरुवातमै बुझाउन नसक्नुे कमजोरि भएको उनले बताए ।

चन्दा दाताले सिधै नेपालका नांगा विद्यार्थीसमक्ष पैसा जान्छ भनेर दिएको रकम अहिलेसम्म पठाउन ढिलाइ भएपनि अब जतिसक्दो छिटो नेपाल पठाउने प्रतिबद्धता उनले जाहेर गरेका छन् । उनले रकम एकपैसा पनि हिनामिना नभएको भन्दै आफु हिनामिनामा संलग्न पाइए जुनसुकै कारवाहि खान पनि तयार रहेको बताएका छन् ।

“आइतबार हुने समता सिनेटको अधिवेशबाट औपचारिक निर्णय गरि रकम नेपाल पठाइने छ” भट्टराईले भने । यस अघि सिनेट अध्यक्ष गौलिले रकम नेपाल नपठाउने र अमेरिकामै व्यवसायमा लगानी गरि त्यसबाट प्राप्त मुनाफा मात्र नेपाल पठाइने आशयको अभिव्यक्ति दिएका थिए ।

गत नोभेम्बरमा समता स्कुलका विद्यार्थीलाई सहयोग गर्ने बहानामा समता स्कुलका सस्थापक उत्तम सञ्जेल,संरक्षकहरु बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई अमेरिका बोलाइ कार्यक्रम गरेर संकलन भएको रकम उपलब्ध नगराएपछि यो प्रकरण सुरु भएको हो ।

टिभिसण्डेमा समता स्कुलका सस्थापक उत्तम सञ्जेलले दिएको अन्तरवार्तापछी बल्ल बाहिर आएको यो प्रकरणले तरङ्ग पैदा गरेको छ ।भट्टराईले पत्रकार पौडेलसँग गरेको अन्तरवार्ता टिभिसन्डेका सम्पुर्ण सामाजिक सञ्जालहरुमा उपलब्ध छ ।