पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन्।

सभापति देउवा देश बाहिर (सिंगापुर)गएपछि कांग्रेसको विधान,२०१७(संशोधन सहित)को धारा २५ को उपधारा(१३)बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेसले जनाएको छ।

सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन्।