चितवन। चितवनको भरतपुर, टाँडी र पर्सामा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थांले ७ हजार सर्वसाधारणको करिब ८० करोड भन्दा बढि रकम तिर्न सकेको छैन भने कात्तिक महिना देखि रकम भुक्तानी सेवा बन्द छ।
सहकारी शाखाका व्यवस्थापक फोनसमेत बन्द गरेर सम्पर्कविहीन भएपछि बचतकर्ताले संघर्ष समिति बनाएर प्रदेशको सहकारी विभागमा उजुरी दिने तथा दबाबका कार्यक्रम तय गर्दै आएका छन् ।
दुस्ख पर्दा सहज होला कि भनेर राखेको रकम अहिले माग्न जादाँ पाइदैन। संघर्ष समितिका जिल्ला सयोंजक शालिक राम दुवाडीले चितवनमा मात्रै ७ हजार बढि बचतकर्ता रहेको र ८० करोड बढि निक्षेप रहेको बताए।
उनले पटकपटक सहकारीका सञ्चालक समिति सगं कुराकानी गर्न खोज्दा सम्पर्कमा नै नआएपछि जिल्ला प्रशासन, जिल्ला प्रहरी हुँदै प्रदेशको सहाकारी बोर्ड सम्म उजुरी दिइएको बताए।
दु खमा सहज होला भनेर राखेको पैसा अहिले आर्थिक धरासायि भएको बेला पैसा दिनु भन्दा डाडाँपाखाको जग्गा देखाउने गरेको उनले बताए। साहाराले साहारा देला भन्दा बेसाहारा बनाउछ के भन्ने प्रश्न उब्जन थालेको उनले बताए।
सहकारीमा जम्मा भएको रकम कहाँ लगानी भएको भनेर सञ्चालक समितिले हिसाब किताब नदेखाउने गरेको र आर्थिक तरलताले देशभर नै सहकारीमा समस्या रहेको कोभिडको असर परेको भन्दै सहकारीका कर्मचारीहरु पन्छिन खोज्ने गरेको सहकारीको बचतकर्ताहरु बताउछन्।
पैसा माग्न जादाँ आफुहरुसगं नगद पैसा नभएको भन्दै मकवानपुर र ललितपुरको सिमानामा रहेको ठिङ्गुनाको जग्गा, काठमाडौ सुरुङमार्ग माथि रहेको दाहा खानि लगायतको जग्गा देखाउने गरेको भरतपुर ९ का पुर्णभद्र कडेंलले बताउनुभयो।
सहकारीमा ३ करोड बढि आफ्नो रकम रहेको तर जग्गा भने मुल्यहिन विभिन्न कम्पनीको नाममा रहेको जग्गा देखाउने गरेकोभन्दै उनले सहकारिको रकम जग्गामा लगानी गर्न नपाउने र जग्गालिनलाई नभै दुस्खमा काम लाग्छ भनेर पैसा जम्मा गरेकोले बचत सुरक्षित छ भनेर साहाराले प्रमाण दिन पर्ने बताउनुभयो।
सहकारीको पैसा गोर्खा ग्रुप अफ कम्पनीबाट संचालित नेचर हब्स इन्टरनेसनल प्रा.लि ग्यालेक्सी फोर के टेलिभिजन लगाएत विभिन्न सस्थांमा लगानी लगाएको आशकां रहेको डिल्ली प्रसाद सापकोटाले बताए।
साहाराको पुर्व अध्यक्ष तथा सरंक्षक जिवि भनिने जितेन्द्र बाबू राई र सस्थांको सञ्चालक कुमार रम्तेल हुन्। भने नेचर हब्सको पनि उनिहरु नै हुन त्यसैले यहाँको पैसा जग्गा, नेचर हब्स, गोर्खा ग्रुप मै गएको अनुमान रहेको उनले बताए।
साहारा सहकारीमा सघर्ष समिति सहित गएर यस विषयमा कुराकानी गर्न खोज्दा बचत कर्तालाई नै कुमार रम्तेलले मिडिया बाजि गर्न खोजेको भन्दै फोन गरेर धम्काउन खोजेका छन्। भने कर्मचारीहरु भागेका छन्।