काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल जारी रहनेछ।
छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।