काठमाडौँ। सर्वाधिक ५ पटकको विजेता मुम्बईलाई हराउँदै गुजरात साविक विजेता गुजरात टाइटन्स भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल)क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
शुभमन गिलको १२९ रनको उत्कृष्ट पारीमा गुजरातले गएराति मुम्बईलाई ६२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। गिल्सले ६० बलको आफ्नो पारीमा आक्रामक ब्याटिङ गरे ।गुजरातले अब उपाधिका लागि ४ पटकको विजेता चेन्नाई सुपर किंग्ससँग भिड्नेछ। फाइनल खेल आइतबार गुजरातको अहमदाबादमा हुनेछ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको घरेलु टोली गुजरातले ३ विकेटको क्षतिमा २३३ रन बनाएको थियो।साई सुदर्शनसँग दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरेका गिलले ७ चौका र १० छक्का प्रहार गरे। सुदर्शनलले ४३ रन बनाए। गिलको यो ४ वटा आइपिएल पारीमा तेस्रो शतक हो।
२३४ रनको रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मुम्बई १८.२ ओभरमै सबै विकेट गुमाएको थियो। उसले १७१ रन मात्र बनाउन सक्यो ।मुम्बईलाई सस्तोमै समेट्न फास्ट बलर मोहित शर्माले प्रमुख भूमिका निभाए। उनले १० रन दिएर ५ विकेट लिए।