काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा मंगलबार नियुक्त दुईमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बिहान साढे ९ बजे उनीहरूले शपथ लिने कार्यक्रम रहेको छ।
मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा भू–संरक्षण र प्रमिला कुमारीलार्ई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए।
महतो प्रतिनिधिसभा सदस्य र प्रमिला राष्ट्रियसभा सदस्य हुन्। प्रमिला कुमारीलाई जसपाले उपराष्ट्रपतिमा रासहायप्रसाद यादवको उमेदवारी रहने/नरहने विवाद भएपछि ‘प्रोक्सी’ उमेदवार समेत बनाएको थियो।
यससँगै प्रचण्ड नेतृत्वसम्म्को सरकारको मन्त्रीपरिषद्ले ११ औं पटकमा बल्ल सरकारले पुर्णता पाएको छ ।