संसदको संयुक्त बैठक आज बस्दै

काठमाडौं। संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताउनुभयो।

प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।