काठमाडौँ, काठमाडौँ महानगरपालिकाले टुकुचा खोला सरसफाई अभियान आजबाट सुरु गरेको छ।सिंहदरबारस्थित टुकुचा खोला किनारबाट सरसफाई अभियान सुरु गरिएको हो।
महानगरपालिकाले सरसफाईमा मातहतको नगरप्रहरी र कर्मचारीलाई परिचालन गरेको छ। सरसफाई अभियानमा फोहोरमैला अनुगमन तथा निरीक्षण संस्थाको पनि सहकार्य रहेको छ।
उनीहरुले सिंहदरवारस्थित टुकुचा खोला किनार आसपास रहेका फोहोर संकलन गरेका थिए। खोला किनारमा रहेका झाडी,प्लाष्टिकका झोला,नर्कटका घारी पनि सफा गरिएका थिए।