नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरुलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आईतवार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले बताउनुभयो ।

उहाँले प्रहरीले अनुसन्धान टुङग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमवार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंमा पेस गर्नुपर्ने जानकारी आएको बताउनुभयो ।

उहाँले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात अभियोजनको काम गर्ने बताउनुभयो । उहाँले थप अनसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने बताउनुभयो ।

उहाँले प्रहरी अनुसन्धान प्रतिवेदन आई नसकेको हुनाले यसमा संगठित अपराध प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरु नक्कली बनाएको र राष्ट्रकै अपमान अभियोजनका विषयमा कुराकानी भइरहेको बताउनुभयो ।