काठमाडौं। दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् ।यही जेठ ५ गते दिउँसो तीन बजे बुढा मगरको टोली सगरमाथाको शिखरमा पुगेको हो ।
शिखरमा पुगेसँगै उनले दुवै खुट्टा नभएकाले सगरमाथाको सफल आरोहण गरेको विश्व रेकर्ड पनि बनाएका छन् ।रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परी दुवै खुट्टा गुमाएका थिए ।
उनले यस अघि चुलु, किलिमन्जारो, मेरापिक लगायतका हिमालको आरोहण गरिसकेका थिए ।