अमेरिका एनआरएनए बिभाजनको कारक हो भन्ने दाग मेटाउनु पर्यो : बरिष्ठ उपाध्यक्ष , पन्त

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवि पन्तले अमेरिका एनआरएनए बिभाजनको कारक हो भन्ने दाग मेटाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै पन्तले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामी बिभाजनको कारक मात्र हैन एकताको संबाहक पनी बनौ !
गैरआवासीय नेपाली संघ,अमेरिकाले यसपटक विवाद रहित सदस्यता वितरण प्रकृया सम्पन्न गरेको छ। हरेक परिबर्तनका एजेन्डा हरुलाई सहज रुपमा स्वीकार गर्नुहुने अध्यक्ष ज्यु एबं सम्पुर्ण कार्यसमितीका साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।आउने दिनहरुमा अमेरिकावासी सम्पुर्ण सदस्यहरुको मनोभावना बुझेर संस्थालाई पारदर्शी , रुपान्तरण एबं कामकाजी संस्था बनाउनु पर्ने चुनौती हामी संग छ।

गत एनआरएनए आईसिसिको निर्बाचनका समयमा एनसिसि अमेरिका बिभाजनमा लाग्यो भन्ने गम्भीर आरोप मेटाउनको लागी पनी यसपटक सहमतीको लागी एकताको सन्देश दिनुपर्ने छ।यस सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने समय आएको छ। यसपटक एनआरएनए, अमेरिका बिभाजनको कारक भन्दापनी एकताको संबाहक हो भन्ने सन्देश बिश्वब्यापी रुपमा दिन जरुरी छ। यसको शुरुवात हामी आफै बाट गरौ। दम्भ त्यागेर यस अभियानमा ईमान्दार पुर्बक लागौ।

नेतृत्वले यो मेरो ब्यक्तिगत बिचारलाई कमजोरीका रुपमा लिनुहुने छैन र सहमतीको खाका कोर्नु हुनेछ भन्ने विश्वास लिएको छु। पद भन्दा पनी संस्था महत्वपुर्ण हुनुपर्छ भन्ने आसयलाई आत्मसाथ गर्दै म यस अभियानमा ब्यक्तिगत रुपमा जुनसुकै Sacrifice गर्न तयार रहेको जानकारी गर्दछु। एनआरएनएको साख फर्काउनका लागी पनी आगामी अमेरिकाको अधिवेशन एकता र सहमतिको आधारमा गरौ! धन्यवाद’