कसले गर्यो कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार?

काठमाडौं। कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट(बीओपी)का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राति खुकुरी प्रहार भएको हो।

चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। स्थानीय केही युवाले राति साढे १० बजे चैंसिरमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ।

स्थानीय युवाको एक समूहले होहल्ला गरेपछि सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ। खुकुरी प्रहार गर्ने युवाको समूह फरार रहेको छ।