काठमाडौं। सोलुखुम्बुका जितमान बस्नेत यतिबेला अमेरिकाको रियल स्टेट व्यवसायमा व्यस्त छन्। सोलुखुम्बुको लिखुमा जन्मिएका बस्नेत सन् २०११ देखी अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्छन्। अमेरिका पुगेपछी विभिन्न पेसा व्यवसाय गर्दै आएका उनि सन् २०१८ देखि नर्थ क्यारोलिना राज्यमा रियल स्टेट व्यवसायमा जमेका छन्।
सुरुवातमा अमेरिकामा पुगेका नेपालीहरुलाई मध्यनजर गरेर रियल्टर पेसा अगालेका बस्नेत पछिल्लो समय नेपालीहरु सँगसँगै भारतियदेखि अन्य विदेशी नागरिकहरुको समेत विश्वासिलो रियल्टरको रुपमा परिचित छन्। सिएनबिसि न्युजका अनुसार व्यवसायका लागी अमेरिकाको सर्वोत्त्कृष्ट ठहरिएको ठाँउ र्याले सिटिमा रियल्टरको भनेर चिनिन पाउदा उनले गर्व महसुस गर्छन्।
टिभि सन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको कुराकानिमा उनले अमेरिकाको रियल स्टेट व्यवसाय,रियल्टरहरुको भुमिका,अमेरिकाले पालना गरेको सिस्टम, नेपालिहरुको अबस्था,नर्थ क्यारोलिनामा घर किन्दै गर्दा अपनाउनुपर्ने सजगतालगाएतका विषयमा चर्चा गरे।
उनले अमेरिका पुग्ने नेपालीहरुलाई रियल्टर विना घरको किनबेच नगर्न सुझाव दिन्छन् ।
नेपालीहरु ठगिन सक्ने जोखिम अमेरिकामा पनि हुने भएकोले रियल्टरसँगको कारोवारमा उनि जोड दिए। रियल्टरसँगको कारोवारमा घरको विषयमा पछी केही झण्झट आईपरे रियल्टरले नै झेल्नुपर्ने र किनबेच गर्नेलाई ढुक्क हुने उनको भनाई थियो।
उनले अमेरिका सिस्टमले चलेकोले सपनाको शहर बनेको भन्दै हरकुरामा सिस्टम पालना गर्नुपर्ने बताए । बस्नेतले नेपालमा सिस्टमको व्यापक अभाव रहेको गुनासो व्यक्त गर्छन्।
नेपालमा राज्यले सिस्टम बसाएर कामको सुरुवात गरे रियल स्टेटदेखि हरकुरा सहज र प्रचुर सम्भावना रहेको हुँदा नेपाल आफैमा धनि देश रहेको उनले बताउछन्। उनिसँग गरिएको थप पुरा कुराकानि टिभिसन्डेको युटुव, फेसबुक अनलाईन पत्रिका लगाएतका सामाजिक सञ्जालमा पनि हेर्न र सुन्न सकिनेछ ।