काठमाडौं। लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाललाई आकर्षक लगानीको गन्तव्य बनाइने बताएका छन् ।
बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई लगानीमैत्री वातावरण बनाउनका लागि पहल थालिने बताएका हुन् ।
लगानी बोर्ड लगानी प्रवर्द्धन र कार्यान्वयनमा सहजीकरण गर्ने निकाय भएको भन्दै उनले लगानीमैत्री वातावरण तय गर्ने प्रयास भइरहेको बताए ।
परियोजना सञ्चालनका लागि स्रोत व्यवस्थापन तथा दक्ष जनशक्तिको अभाव नै प्रमुख चुनौती रहेको उनको भनाइ छ ।