वडाध्यक्षले उपसचिवमाथि मुक्का प्रहार गरे

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक सो भिडिओमा कार्की केही बोलिरहेको समयमा वडाध्यक्ष विष्टले एक्कासी उनीमाथि मुक्का प्रहार गरेका देखिन्छ । कानुनी राज्यमा वडाध्यक्षले नै यसरी मुक्का प्रहार गरेको भन्दै उनको आलोचना समेत भएको छ ।

केही समयअघि उपसचि कार्कीले सोही ठाउँमा वडाध्यक्षलाई धकलेको भिडिओ पनि आएको थियो ।