न्यूयोर्क। अमेरिकामा रहेका विभिन्न नेपाली संघसस्थाहरुले सामुहिक रुपमा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन्। अमेरिकाको विभिन्न क्षेत्रमा रहेका कुल ४८ वटा नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा एक भव्य कार्यक्रमका बिच(हामी नेपाली हाम्रो मातृभूमी नया बर्ष २०८०)को शुभकामना आदान प्रदान गरिएको हो।
कार्यक्रममा नेपाली कलाकारहरुले नेपालीपन झल्किने सांस्कृतिक प्रस्तुतीहरुमार्फत मनोरञ्जन दिलाएका थिए। शुभकामना आदानप्रदान कार्यक्रममा न्युयोर्कका महावाणिज्यदुत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता र न्यूयोर्क राज्यका सांसद स्टेभन रागको विषेश आतिथ्यतामा रहेको थियो।
शुभकामना आदानप्रदानको क्रममा उपस्थित नेपलीहरूले यस्ता किसिमका कार्यक्रम आगामी दिनमा पनी यसै गरी निरन्तरता दिनुपर्ने र सबै नेपाली संघ सस्थाहरू मिलेर सहकार्यका साथ अगाडी बढ्न सुझाव दिएका छन् ।आयोजकले पनि यस्ता कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरुमा आपसि सद्भाव कायम गर्न सहयोग पुग्ने भन्दै अब का दिनमा सम्पुर्ण संघ(सस्थाहरू मिलेर कार्यक्रम गर्ने बचन बद्धता व्यक्त गरेका छन्।
नेपाली र अमेरीकी राष्ट्रिय गानमार्फत सुरु गरिएको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रमको न्यूयोर्कमै बसोबास गर्ने नेपाली जेष्ठ नागरीक ९१ बर्षीय अभिवाबक Mr. Ang angina lama को सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रम दिन दयाल भण्डारी (दिनेश)को संयोजकत्व तथा सञ्चालनमा सम्पन्न भएको थियो।