काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन्। आज शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।
मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्,’आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’