एनआरएनए समस्या सम्बोधनमा राज्य जिम्मेवार बन्न सकेन : अध्यक्ष प्रितेश कार्की

काठमाडौं। नेप्लिज एसोसिएसन नर्दन क्यालिफोर्निया(एनएएनसी)का अध्यक्ष प्रितेश कार्कीले एनआरएनए समस्या सम्बोधनमा राज्य जिम्मेवार नबनेको बताएका छन्। टिभि सन्डे अनलाईन टेलिभिजनमा पत्रकार तिलक पौडेलसँगको अन्तर्वार्ताका क्रममा कार्किले यस्तो बताएका हुन्।

उनले एनआरएनए र नेपाल सरकारले पटकपटक विभिन्न सहमती र छलफल गरेपनि टुँगोमा पुग्न नसकेको बताएका छन्। कार्किले कतिपय कुराहरुमा विभिन्न बहानामा गैरआवासिय नेपालीहरुलाई एनआरएनए सदस्यता वितरण गर्ने नेतृत्वकर्ताहरु पनि नेतृत्वदायी भुमिकामा पुगेको केहि समयमै आफ्ना बाचा प्रतिबद्धताहरु बिर्सिने र चुक्ने गरेको गुनासो गरे।

फरक प्रसंगमा कार्किले नेपालमा पछिल्लो समय उत्पन्न गतिविधीले केहि परिवर्तको आशा जगाएपनि सन्तुष्ट हुन भने सकिने अबस्था नरहेको बताएका छन् । अमेरिकामा सफल युवा उद्यमी बनेर फरक पहिचान समेत बनाएका कार्कीले व्यक्ति र राष्ट परिवर्तन गर्न इमान्दारिता महत्वपुर्ण हुने भन्दै हरेक व्यक्तिले सुरुमा इमान्दारीतालाई प्राथमिकतामा राख्न पर्ने सुझाव दिन्छन् ।

कार्किसँगको भिडियो तथा अडियो सामाग्री टिभि सन्डेको अनलाईन पत्रिका, सामाजिक सञ्जाल(फेसबुक, ट्विटर, टिकटक) लगाएतका माध्यमबाट पनि हेर्न र सुन्न सकिनेछ ।